मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

शवबाट हड्डी र खरानी निकालेर किनबेचगरेका आरोपमा थप २ जना पक्राउ

Nagarik Sewa 4519+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौं। पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा थप २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका( २ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका १२ कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी बलानबिहुल गाउँपालिका ६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ७ गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् ।

प्रहरीका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने व्यक्ति हुन् भने यादव हड्डी र खरानी खरिद गर्ने कार्यमा सहयोग गर्ने व्यक्ति हुन् ।पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकमा पोको पारिराखेको अवस्थामा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। २३ साउनको दिउँसो पशुपति आर्यघाट २ नम्बर चितामा जल्दै गरेको शवबाट उनीहरूले हड्डी सहितको खरानी निकालेर बेचेको आरोप उनीहरूमाथि छ। ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै