मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

भोटेकोशीको बाढीका लागि प्राप्त राहात सामाग्री अझैपनि स्टोरमै

Nagarik Sewa 5112+ समाचार ( )
१३ कार्तिक २०८३, बिहीबार

काठमाडौं । रसुवा बाढीपछि संकलन गरिएका राहत सामग्री महिनौँदेखि सहरी विकास विभागको स्टोरमा थन्किएका छन् । बाढीपीडितका लागि संकलन गरिएका खाद्यान्न, पानी, लत्ताकपडालगायत सामग्री गोदाममा थुप्रिँदा प्रभावितले समयमै राहत पाउन सकेका छैनन् ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सचिवालयले संकलन गरेको राहत सामग्री सहरी विकास विभागको अन्डरग्राउन्डसहित विभिन्न स्थानमा राखिएको छ । विभागको माथिल्ला तलाका अधिकांश ठाउँ राहत सामग्रीले भरिएका छन् । 

रसुवाको भोटेकोसी बाढी तथा गोरखा–धादिङ सीमाको बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित नागरिकले आवश्यकताअनुसार राहत नपाएको गुनासो गरिरहेका बेला संकलित सामग्री भने गोदाममा थन्किएका हुन् ।  विभागमा कार्यरत एक कर्मचारीका अनुसार, लामो समयसम्म थुपारेर राख्दा केही सामान बिग्रिएर जाने अवस्थामा रहेको छ । 

स्टोरमा खाद्यान्न, पानी, लत्ताकपडा, बिस्कुट, प्लास्टिकका बाल्टिन, मग लगायतका सामग्री राखिएका छन् । तर, मन्त्री लम्सालको सचिवालयमा रहेका सुरेन्द्र बुढथापाले भने आवश्यकताअनुसार राहत सामग्री वितरण भइरहेको दाबी गरे । 

उनले पछिल्लो समय बूढीगण्डकी बाढी प्रभावितका लागि करिब तीन सय बोरा चामल पठाइएको जानकारी दिए । “हामीले बाँडिरहेका छौँ । आपत्कालीन समयका लागि राखेको हो । बूढीगण्डकी बाढीमा तीन सय बोरा चामल पठाएका थियौँ । चाहियो भने सम्पर्क गर्नुहुन्छ अनि पठाउँछौँ,” उनले  भने । बुढथापाका अनुसार, राहत सामग्री सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सम्पर्क गरेपछि पठाउने गरिएको छ । 

आवश्यकताअनुसार वितरण गर्न सामग्री भण्डारण गरेर राखिएको उनको भनाइ छ । “प्रमुख जिल्ला अधिकारीले सम्पर्क गरेपछि हामीले पठाउने गरेका छौँ । यो चाहिँ स्टोर गरेर राखिएको हो,” उनले भने । उनले जथाभावी रूपमा सामग्री वितरण नगर्ने र आवश्यक परेपछि मात्रै पठाउने गरिएको दाबी गरे । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको पत्र लिएर आएमा तत्काल सामग्री उपलब्ध गराउन सकिने उनले बताए । 

उनका अनुसार, संकलित सामग्री आधिकारिक व्यक्तिलाई मात्रै उपलब्ध गराउने गरिएको छ । पठाउनुअघि सामग्रीको परीक्षणसमेत गर्ने गरिएको उनको दाबी छ । बाढी प्रभावित क्षेत्रमा राहतको आवश्यकता कायमै छ । प्रभावितले पर्याप्त सामग्री नपाएको गुनासो गरिरहेका छन् । तर, सरकारी निकायमा संकलित राहत सामग्री महिनौँसम्म थन्किनुले राहत वितरणको व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार