राष्ट्रिय सभाको उपाध्यक्षमा सांसद भण्डारी निर्विरोध निर्वाचित

Nagarik Sewa 4861+ समाचार ( )
२३ चैत्र २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ। अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उहाँको मात्रै उम्मेदवारी परेकाले विधिवत रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो। 

आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो। भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल हुनुहुन्थ्यो। यस्तै, समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहनुभएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै