सीमा विवादमा तार्केश्वर नगरपालिका–११ का अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ

Nagarik Sewa 4431+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार उनीहरू पक्राउ पर्नुमा सीमा विवादपछिको स्थिति जोडिएको छ ।

शहरी विकास प्राधिकरणले खोला करिडोरको बाटो विस्तार गर्ने भन्दै टेन्डर आयोजना गरेको थियो। सो अनुसार ठेकेदारले काम अघि बढाएका थिए । काठमाडौं महानगरपालिका–१६ र तार्केश्वर–११ को सीमामा पर्ने उक्त करिडोर बनाउने क्रममा भने सीमा विवाद भएको थियो।

सो क्रममा २३ असारमा झडप हुँदा एक जनाको टाउकामा चोट समेत लागेको थियो । चोट लागेका ती व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अहिले अनुसन्धान अघि बढाइएको एसपी चन्दले बताए ।१३ जनाविरुद्ध जाहेरी आए पनि दुई जनाको हकमा भने यकिन ठेगाना खुल्न नसकेकाले पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै