पेस्तोलसहित एक जना पक्राउ

Nagarik Sewa 4809+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं। नागढुंगाबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोलसहित एक जना पक्राउ परेका छन्। काठमाडौं कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट एक थान पेस्तोल र त्यसको चार राउण्ड गोलीसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त हतियारसहित उनलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार