काठमाडौं। अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले मङ्गलबार एक शोक वक्तव्य जारी गर्दै गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि भएको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ।प्रधानमन्त्री कार्कीले विपिन जोशीको निधनको खबरले दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनालाई छिन्नभिन्न पारेको बताउनुभएको छ ।
‘बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाविच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले म स्तब्ध भएकी छु । यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु’ उहाँले भन्नुभएको छ।