तोलामा १३ सयले बढ्यो सुनको मुल्य

Nagarik Sewa 4393+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा वृद्धि भएको छ। आज छापावाल सुन प्रतितोला १३ सयले बढेर तोलाको एक लाख ७४ हजार ८ सयमा कारोबार भईरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ७३ हजार ५ सयमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०२० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १९९० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार