भारतमा विद्युत शर्ट भई आगलागी हुँदा ७ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
४ चैत्र २०८२, बुधवार

काठमाडौं। भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा बुधवार बिहान विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो। घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए। इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन्। ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो। घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए।’

घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएका बताइएको छ । प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विष्फोट भएका बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार