काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ६ सय रुपैयाँ र चाँदी २५ रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार सोही परिमाणको चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।