गाँजा तस्करी गर्ने क्रममा २ जना भारतीय नागरिक प्रकाउ

Nagarik Sewa 4449+ समाचार ( )
७ पौष २०८२, सोमबार

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह पक्राउ परेका छन्। चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। सोही लागुऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौं आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजमा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको हो। सोही लागुऔषध लिन आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै