मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

Nagarik Sewa 5112+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

रुपन्देही। रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र धान बोकेको ट्याक्टर एकआपसमा ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्। ट्याक्टरसँग बस ठोक्किँदा मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू घाइते भएका हुन्।

नवलपरासीबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८६७५ नम्बरको स्कुल बस र लु ३ त ३५३० नम्बरको ट्याक्टर ओमसतिया गाउँपालिका–४, बसन्तपुरमा एकापसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। विद्यार्थी बोकेर हिँडेको बस र विपरित दिशाबाट आएको ट्याक्टर ठोक्किँदा भएको यो दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था स्थिर रहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परेकामध्ये १३ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने ४ जनाको भीम अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्येका अन्य ४ जना भने सामान्य उपचारपछि डिस्चार्ज भई घर फर्किसकेका छन्। प्रहरीले घटनामा संलग्न बस र ट्याक्टर दुवैका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार