फागुन २१ मा निर्वाचन हुनैपर्छः शेखर कोइराला

Nagarik Sewa 4809+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताउनुभएको छ। मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताउनुभयो।

‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ डा कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का समेत जन्मिएको छ ।’ सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उहाँको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छरु,’ कोइरालाले प्रश्न गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार