नीति तथा कार्यक्रमले सत्ताधारी दलमै उत्साह जगाउन सकेनः अध्यक्ष दाहाल

Nagarik Sewa 4431+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै पनि उत्साह जगाउन नसकेको बताउनुभएको छ। प्रतिनिधिसभामा आजबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताउनुभएको हो। 

‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

प्रचण्डले दुईतिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको बताउनुभयो। ‘दुईतिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार औपचारिता पूरा गर्न मात्र आएको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न सकेको छैन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार