छोराद्वारा फरुवा प्रहार गरी आमाको हत्या

Nagarik Sewa 4849+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

काठमाडौं। सुर्खेतमा छोराले आमाको फरुवा प्रहार गरी हत्या गरेका छन् ।शुक्रबार बिहान भेरीगंगा नगरपालिका १२ मसिनाटोल बस्ने ३५ वर्षीय कविराम बस्नेतले ५० वर्षकी आमा धनिकलालाई हत्या गरेको प्रहरीले जनाएको छ । 

घरमै सुतिरहेको अवस्थामा कविरामले फरुवाले टाउकोमा प्रहार गरेका थिए । प्रदेश अस्पताल सुर्खेतमा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए । कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजारबाट पक्राउ गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार