जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

काठमाडौं। डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आदर्श गाउँपालिका ६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका ३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटना राति करिब रााढे १२ बजे भएको हो। गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ। मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ। मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। जिप मृतक सुबोध रोकायाले चलाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै