मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइँदै

Nagarik Sewa 4674+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३१औँ विश्व आदिवासी दिवस सप्ताहव्यापी मनाउने भएको छ। नेफिनले  ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो ।

श्रावण २४ गतेदेखि श्रावण २८ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना हुने अध्यक्ष गेल्जे लामा शेर्पाले बताए। विश्वका आदिवासीहरूले विगत ३१ वर्ष देखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासी जनजातिहरूले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।नेफिनले उत्सवको रूपमा मुख्य कार्यक्रम श्रावण २४ गते राष्ट्रिय सभा गृहमा मूल समारोहलाई नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन् ।

३१औँ विश्व आदिवासी दिवस नेपालमा आदिवासी जनजातिहरूको उत्सवको रूपमा आयोजना हुने भएकोले नेपालका आदिवासी जनजातिहरूका पहिचान झल्किने सांस्कृतिक झाँकीहरू, नृत्यहरू, खानाका परिकारहरूको प्रदर्शन समेत हुने नेफिनका महासचिव दिवस राईले बताए।

उत्सवमा आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेसभुसासहित राजधानीको मध्यभाग भृकुटीमण्डप देखि र्‍याली हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार