मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

सर्वोच्चमा तोकियो रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दाको पेसी

Nagarik Sewa 4697+ समाचार ( )
१७ मंगशिर २०८१, सोमबार

काठमाडौं। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। 

न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसी रहेको छ। युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । 

२०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून  रहेको छ।  

यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । दुवै आदेश संयोगवश हरि फुयाँलको इजलासले गरेको हो ।  अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो । 

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते  लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने  निर्णय गरेका थिए । सफलले  महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले रिटमा राहदानी विवादमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश पनि माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

हाल लामिछाने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा सहकारी ठगीमा बयान दिइरहेका छन् । उनलाई पक्राउ गरेर पोखरामा बयान गराइएको थियो । पोखरापछि उनलाई काठमाडौँ  ल्याइएको छ।  

आज बयान सकिए पोखरा नै फर्काउने तयारी भइरहँदा सर्वोच्चमा पनि राहदानीको विवाद सम्बन्धी रिटको पेसी परेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार