संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु सहमत

Nagarik Sewa 4376+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं। संसद अवरोध खुलाउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल (नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र)का नेताहरु सहमत भएका छन् । नेताहरुका अनुसार भिजिट भिसामा विदेश जानेसँग हुने गरेको भनिएको अपारदर्शी आर्थिक लेनदेनको विषयमाथि वृहत्तर छानबिन गर्ने सहमति भएको छ। यो विषयमा विहीबार नै प्रमुख दलहरुबीच सहमति भएको थियो । त्यसलाई आज औपचारिकता दिने तयारी भइरहेको छ । 

नेताहरूका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा गर्ने अनुसन्धानलाई सघाउने र भिजिट भिसाबारे विगतदेखि देखिएका समस्याबारेमा सरकारले आवश्यक अध्ययन छानबिन गरी नीतिगत, कानुनी र संरचनागत सुधारका लागि कदम चाल्ने विषयमा सहमति जुटेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पनि ३० दिन भित्र छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको बताए । ‘सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने र हामीले अवरोध खुलाउने गरी सहमति भएको छ,’ सापकोटाले भने, ‘सम्भवतः आजै संसद चल्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार