काठमाडौं । हङकङमा भइरहेको हङकङ टी २० आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध टस जितेर बलिङ रोजेको छ। चार राष्ट्र सहभागी सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेका हुन् ।
नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग चरणमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।