वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनको अनलाइन प्रकाशन अनिवार्य

Nagarik Sewa 4431+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

विभागले सुचना जारी गर्दै वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२९३० र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहने तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत राख्नु पर्ने उल्लेख गरेको छ ।

विज्ञापन पत्रिकारमा मात्रै प्रकाशित हुँदा नागरिक एपमार्फत जानकारी पाउन नसकिने भएकोले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको हो । विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचितसमेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै