बक्सर चन्द्रले पाए ५७ लाख

Nagarik Sewa 4431+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । यूएईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी चन्द्रबहादुर थापाले पुरस्कार स्वरूप ३७ हजार ५०० अमेरिकी डलर (नेपाली ५७ लाख ९ हजार ३७५ रुपैया) प्राप्त गरेका छन् ।

गत मंसिरमा भएको उक्त प्रतियोगितामा कांस्य जितेसँगै चन्द्रले एक लाख ५० हजार अमेरिकी डलर (नेपाली करोड ५० लाख बढी) प्राप्त गरेका थिए । नियमानुसार उक्त रकमको ५० प्रतिशत विजेता खेलाडीलाई तथा २५/२५ प्रतिशत रकम संघ र प्रशिक्षकलाई दिइन्छ ।

जसमा खेलाडी चन्द्रको भागको रकम मंगलबार विश्व बक्सिङ महासंघले उनको खातामा पठाइदिएको हो । संघ र प्रशिक्षकहरूलाई दिने रकम भने आउन बाँकी रहेको नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बताए । उक्त प्रतियोगितामा प्रशिक्षकका रूपमा प्रकाश थापा मगर, दीपक महर्जन र सुजित पुनमगर सहभागी भएका थिए ।

गत डिसेम्बर ३ देखि १४ तारिखसम्म प्रतियोगिताको ५४ केजी तौल समूहमा चन्द्रले अर्मेनिया, इन्डोनेसिया र इरानका खेलाडीलाई हराउँदै कांस्य पदक जितेका थिए । उनी सेमिफाइनलमा भने विश्व वरीयतामा सातौँ स्थानमा रहेका काजकिस्तानका खेलाडीसँग पराजित हुँदा फाइनल पुग्न असफल भएका थिए । कांस्य पदक जितेसँगै चन्द्र नेपालबाट विश्व बक्सिङमा पदक जित्ने पहिलो खेलाडीका रूपमा कीर्तिमान रचेका थिए ।

उक्त प्रतियोगितामा नेपालबाट ४८ केजी लालप्रसाद उप्रेती, ५१ केजीमा फुङलाङ काम्बाङ, ६० केजीमा खगेन्द्र रोका मगर र ८० केजीमा दीपक श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । लालप्रसादले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दै १० हजार अमेरिकी डलर जितेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै