मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सिंहदरबार जलाएर के उपलब्धि भयो, धान फल्योः केपी ओली

Nagarik Sewa 5112+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको अस्थिरता र त्रासको वातावरणका लागि जेन-जी आन्दोलनलाई जिम्मेवार ठहराएका छन्।राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘युवाहरूलाई भड्काउनका लागि जेनेरेशन जेड अभियान चलाइयो। अहिले देशमा शान्ति छैन, डर र त्रास मात्र छ।’

ओलीले हालको अवस्थालाई नदेखिने त्रासका रूपमा चित्रण गर्दै भने, ‘सञ्चारकर्मीहरूको सुरक्षा युवाले गर्नुपर्ने भएको छ। प्रहरीहरू पनि त्रसित भएका छन्, अब हामीले उनीहरूलाई साहस दिनुपर्छ भन्ने स्थिति आएको छ।’ उनले भदौ २३ र २४ गते भएका तोडफोड र आगजनीका घटनामा संलग्नहरूलाई जेन-जी आन्दोलनका युवा होइनन्, आपराधिक तत्व हुन् भनेका छन् ।

‘जेन-जीहरू त भदौ २३ गते बानेश्वरबाट घर फर्किसकेका थिए । त्यहाँ गएकामध्ये कसैलाई छेकेर गोली चलाउने ठाउँमा लगिएको थियो,’ उनले भने, ‘अहिले ती नै कराउँदै छन्, नाटक गर्दै आन्दोलनका उपलब्धिको कुरा गर्छन्। सिंहदरबार जलाएर के पाइन्छ? सिंहदरबार जलाएर के मिल्यो ? त्यो जलाएपछि धान फल्छ?’

ओलीले देशभरमा १६ सय संरचना जलाइएको दाबी गर्दै त्यसले नेपालको अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको बताए। उनले भने, ‘अब देशमा कोही पनि डराउनुपर्ने छैन। एमालेले कसैका घर, पसल वा उद्योग जलाउन दिने छैन। हामी नागरिकको सुरक्षाका लागि तयार छौं।’  अहिले देशमा कानून र शासनको अवस्था कमजोर रहेको बताए । ‘घर जल्यो भनेर उजुरी दर्ता गर्न जान्दा नलिने आदेश दिइन्छ। जलाउने व्यक्तिलाई पक्रिँदा पनि माथिबाट छोड्न आदेश आउँछ। प्रहरीका हतियार खोस्ने र चौकी जलाउनेलाई कारबाही गर्न नदिइने अवस्था छ’, उनले भने ।

ओलीले गैरकानुनी र असंवैधानिक सरकारले दिएको आदेशले कानूनी शासनलाई ध्वस्त पारेको बताए। देशलाई अब कानूनी मार्गमा फर्काउनुपर्ने बेला आएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार