मंगलबारका लागि सर्यो नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक

Nagarik Sewa 4431+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबारसम्मका लागि सारिएको छ। सोमबार दिउँसो ३ बजेका लागि डाकिएको बैठक केन्द्रीय कार्यसमितिमा पेस गर्ने एजेन्डामा सहमति नजुटेपछि मंगलबार बिहान ११ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गत बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो एक बजेका लागि सारिएको छ । त्यो बैठक भने यथावत् रहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

नियमित महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक फरक धारणाका कारण कुरा मिल्न नसकेको नेताहरूले बताइरहेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै