नेप्सेमा दोहोरो अंकको गिरावट

Nagarik Sewa 4431+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज अर्थात् नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यस दिन (चैत २) बजार २६.०७ अंक अर्थात् ०.९२ प्रतिशतले बढेर २७९८.८३ विन्दुमा बन्द भएको छ ।   कारोबार रकम भने घटेको छ । अघिल्लो दिन १४ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएकामा आज ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ४८ कम्पनीको मूल्य घट्यो, २११ को घट्यो भने चार कम्पनीको स्थिर रह्यो । १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । परिसूचक र कारोबार घटे पनि चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सोमबार सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । होटेल फरेस्ट इनको सेयर मूल्य ९.९३ प्रतिशतले बढ्यो । 

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् र सेयर संख्याका हिसाबले नेसनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आँखुखोलाको ६८ हजार ७७ लाख रुपैयाँबराबर र नेसनल हाइड्रोको २२ लाख ७२ हजार कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार