मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

नेप्सेमा गिरावट

Nagarik Sewa 4518+ समाचार ( )
७ वैशाख २०८२, आइतबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचकसँगै आइतबार (वैशाख ७) कारोबार रकम पनि घटेको छ । गएको साताको अन्तिम कारोबारको तुलनामा यस दिन रकममा कमी आएको हो । आइतबार आठ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार १० अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी ११ समूहको परिसूचक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.५२ प्रतिशतले बढेको छ । व्यापार समूहको परिसूचक १.०२ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक समग्रमा १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा बन्द भएको छ । ५३ कम्पनीको सेयर मूल्य बढेको छ । १९२ कम्पनीको सेयर मूल्य घटेको छ । इमर्जिङ नेपालको सेयर मूल्य स्थिर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य ७.३३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै