मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन
नेपाल–भारतबिच अन्तर्देशीय पर्यटन प्रवर्द्धन

Nagarik Sewa 4669+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौँ । भारत र नेपालबिच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गरिने भएको छ ।

त्यसको विषयमा नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलवार एक कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तर्देशीय पर्यटनको ठुलो योगदान रहेको धारणा राखेका थिए ।

उनले नेपाल–भारतले दुर्गम क्षेत्र सुदूरपश्चिम प्रदेशमा अन्तर्देशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठुलो स्रोत भारत रहेको धारणा राखेका थिए ।

नेपाल पर्यटन बोर्डले नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि गरेका विभिन्न पहलहरूबारे पनि आफ्नो धारणा राखेका थिए ।

भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले भारत र नेपालबिच पर्यटनमा उच्चमा वृद्धि भइरहेको बताउँदै भौतिक र डिजिटल कनेक्टिभिटीमा भएको विकासबारे जानकारी गराएका थिए ।

नेपालका विभिन्न ठाउँ तथा भारतका छिमेकी राज्यमा रहेका धार्मिक तथा सांस्कृतिक सर्किटहरुको प्रवर्द्धनमार्फत भारत–नेपाल पर्यटन क्षमताको पूर्ण सदुपयोग गर्न दुवै पक्षले निरन्तर प्रयास गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।

उत्तर प्रदेशकी पर्यटन अधिकृत कीर्तिले नेपाली भक्तहरूका लागि कार्यक्रमको महत्वबारे जानकारी दिँदै महाकुम्भ २०२५  को विषयमा पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । 

सम्मेलनमा भएको बीटुबी कार्यक्रममा भारतका १३ प्रतिनिधि र नेपालका ६० जना टुर अपरेटरहरूको सहभागिता थियो ।

विशेषगरी स्थलमार्ग हुँदै अन्तर्देशीय पर्यटन प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवैतिरका टुर अपरेटरहरूले दुवै देशका पर्यटकहरूका लागि सम्भावित यात्रा योजनाहरूको बारेमा विचार विमर्श भएको भारतीय दुतावासल जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै