नेप्सेमा गिरावट

Nagarik Sewa 4431+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले घटेको छ ।​ तिहारको बिदापछि मङ्गलबार खुलेको बजार ०.२१ अङ्कले घटेर २६७७.४० को विन्दुमा अडिएको हो । यस दिन बजारमा ९७ लाख १३ हजार ७३० कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।

गत सातको अन्तिम कारोबारका दिन बुधबार १४.४३ अङ्कले घटेर २६७७.६२ को विन्दुमा बन्द भएको थियो । आजको कारोबारमा सुपर माई हाइड्रो पावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

यसको शेयर मूल्य आज १० प्रतिशतले बढेको छ । त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस दिन यसको शेयर मूल्य १० प्रतिशतले घटेको छ । मङ्गलबार बजार पुँजीकरण ४२ खर्ब ५९ अर्ब रुपैयाँ बढी रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार