मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

हालसम्म ९१ प्रतिशत धान रोपाइँ समपन्न

Nagarik Sewa 4670+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभरि हालसम्म ९१ प्रतिशत धान रोपाइँ समपन्न भएको छ। कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये २५ साउनसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो।

मन्त्रालयका अनुसार गत वर्षको तुलनामा झन्डै ७.१९ प्रतिशतले रोपाइँमा कमी आएको हो। प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा ९८(०४ प्रतिशत रोपाइँ भएको छ भने लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ भएको हो ।

यस्तै गण्डकी प्रदेशमा ९२.७७ प्रतिशत रोपाइँ हुँदा बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । यसैगरी मधेस प्रदेशमा सबैभन्दा कम ७६.५४ प्रतिशत रोपाइँ भएको छ । कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ।

गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । मधेस सुक्खाग्रस्त भई समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार