काठमाडौं । नेपाल वायु सेवा निगमले असोज १८ देखि २१ गतेसम्म उड्न नसकेका यात्रुलाई टिकटको मिति परिवर्तन गर्न दिने भएको छ । अक्टोबर ४ देखि ७ सम्मका यात्रुलाई एकपटक निःशुल्क टिकटको मिति परिवर्तन गर्न दिने भएको हो ।
निगमले जारी गरेको सूचनाअनुसार उक्त अवधिभित्र उडान गर्न नसकेका यात्रुहरूले कात्तिक १४ गतेसम्म मिति परिवर्तन गर्न सक्नेछन् । निगमले यात्रुलाई असहज अवस्था नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ । यात्रुहरूले निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।