०.३२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4435+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौं। आज सेयर बजार परिसुचक(नेप्से) ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ। आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड र शिभ श्री हाइड्रोको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ८.८८ प्रतिशतले घटेको छ ।  

आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ९८ करोड ५५ लाख र बुटवल पावरको ६४ करोड २७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार