काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो।
चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँ रहेको चाँदी बुधबार प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको हो। महासंघका अनुसार बुधबार चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ८ सय ५८ रुपैयाँ कायम भएको छ।