आगामी माघ २५ देखि नेपाल आदिवासी ज्ञान सम्मेलन आयोजना हुने

Nagarik Sewa 4343+ समाचार ( )
२० माघ २०८२, सोमबार

काठमाडौं । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ को आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसबारे जानकारी गराएको हो ।

महोत्सवले आदिवासी समुदाय, स्रोत, वर्ग, नीति निर्मातालाई एकै थलोमा ल्याइ आदिवासी ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।प्रतिष्ठानले रजत जयन्तीलाई २५ माघदेखि २७ माघसम्म ज्ञान सम्मेलन सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरी मनाउने उनले बताए । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने उनले जानकारी दिए ।

ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण भन्ने मूल नारासहित प्रतिष्ठान स्थापना भएको २५औं वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउन लागेको उनले बताए । पुस्तौंदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तान्तरण गर्ने अभियानका रुपमा प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ आयोजना गर्न लागेको हो ।

ज्ञान सम्मेलनको दोस्रो दिन आदिवासी परम्परा, प्रणालीलाई व्यापकीकरण गर्न आवश्यक कार्यक्रमहरू आयोजना हुने उनले बताए । आदिवासी ज्ञान प्रणाली परम्परा मात्रै नभई सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार