आज एमालेको नेसनल भोलिन्टियर फोर्सले काठमाडौमा कार्यक्रम गर्ने

Nagarik Sewa 4431+ समाचार ( )
६ मंगशिर २०८२, शुक्रबार

काठमाडौं। नेकपा एमालेको नेसनल भोलिन्टियर फोर्सले आज काठमाडौं कार्यक्रम गर्ने भएको छ। फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो। बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । 

कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको बताए।

त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने बताएको छ। त्यस दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्ने भनिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार