गौशाला राममन्दिर नजिकै जंगलमा एक छात्रा मृत फेला

Nagarik Sewa 4372+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। काठमाडौंको गौशालास्थित राममन्दिर नजिकै जंगलमा एकजना छात्रा मनिषा मिजर मृत फेला परेकी छन् । तिनकुनेस्थित पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत मिजर मृत अवस्थामा भेटिएकी हुन् ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । शखरापुर नगरपालिका–५ घर भएर परिवारसँग शान्तिनतगर बस्ने २० वर्षीया मिजारको शवसँगै फेला परेको ‘ओस्ताज’ नामक विषादीको बट्टा प्रहरीले बरामद गरेको छ ।

आइतबार उनी हराएको भन्दै परिवारले प्रहरी वृत बानेश्वरमा निवेदन दिएका थिए । घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ । सुसाइड नोटमा उनले लेखेकी छन्, ‘बाँच्न मन छैन, सवैतिर म असफल भएँ ।’ एक पेज लामो नोटमा थप लेखिएको छ, ‘कसैले जीवित देखे बचाउन तिर नलाग्नुस्, मलाई मर्न दिनुस् ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार