माछा मार्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

झापा। झापाको गौरादह नगरपालिका ९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर बिहीबार दिउँसो तीन जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार