मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

क्षयरोगको न्यूनीकरण गर्न प्राथमिकताहरू बदलेर प्रभावकारी ढंगले अघि बढ्नुगर्छः स्वास्थ्यमन्त्री पौडेल

Nagarik Sewa 3912+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

काठमाडौं। सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकता बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। 

उहाँले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरू बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताउनुभयो। उहाँले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताउनुभयो। खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हासिल नभइरहेको अवस्था रहेको भन्दै उनले शतप्रतिशत उपलब्धि हासिल गर्नेगरी  नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो। 

उहाँले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरू उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार