मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

सल्भ र युवापरिषद्को सहकार्यमा चेपाङ समुदाय लक्षित स्वास्थ्य सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न

Nagarik Sewa 4697+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

चितवन l उदार स्वयंसेवक आवद्ध सामाजिक संस्था नेपाल र राष्ट्रिय युवा परिषद् नेपाल को संयुक्त आयोजनामा राप्ती नगरपालिकाको वडा नम्बर १३ अन्तर्गत पर्ने सान्थली र गुन्दी क्षेत्रमा चेपाङ समुदाय लक्षित स्वास्थ्य सचेतना अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

दुर्गम तथा पिछडिएको चेपाङ बस्तीका युवालाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य, सरसफाइ, सामाजिक सचेतना तथा व्यवहार परिवर्तनसम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो। कार्यक्रममा व्यक्तिगत स्वच्छता, नियमित हातमुख धुने बानी, वातावरणीय सरसफाइ, कुपोषण न्यूनीकरण, बालविवाह रोकथाम, स्वास्थ्यप्रति जिम्मेवार व्यवहार तथा समुदायमा सचेतना विस्तार गर्ने विषयमा जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो। प्रस्तुत कार्यपत्रहरूमा चेपाङ समुदायको स्वास्थ्य अवस्था, सरसफाइसम्बन्धी चुनौती, युवाको भूमिका, सामाजिक चेतना अभिवृद्धि तथा ग्रामीण समुदायमा स्वास्थ्य शिक्षा विस्तारका विषय समेटिएका थिए। कार्यपत्र प्रस्तुतिपछि सहभागी युवाबीच अन्तरक्रिया तथा छलफलसमेत गरिएको थियो।

कार्यक्रममा सल्भ नेपालका परियोजना प्रमुख मोहन गौतम, राप्ती नगरपालिका का मेयर शमसेर लामा, विज्ञ हरि कार्की, राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुँवर, अधिकृत रमेश भट्टराई लगायतका विज्ञ तथा सरोकारवालाको सहभागिता रहेको थियो। वक्ताहरूले चेपाङ समुदायजस्ता सीमान्तकृत बस्तीमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै युवालाई परिवर्तनको संवाहकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले समुदायमा शिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी व्यवहार परिवर्तन भए मात्र समग्र जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरेका थिए।

स्थानीय सहभागीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई स्वास्थ्य र सामाजिक विषयमा नयाँ जानकारी प्राप्त भएको बताएका थिए। विशेषगरी युवालाई लक्षित गरी सञ्चालन गरिएका सचेतनामूलक गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार