मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

आगामी फागुन ९ गते भाषा आयोगले भाषा प्रयोगशाला उद्घाटन एवं भाषा सम्बन्धी गोष्ठी सञ्चालन गर्ने

Nagarik Sewa 4669+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवशरमा भाषा आयोगले भाषा प्रयोगशाला उद्घाटन एवं भाषा सम्बन्धी अन्तक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी फागुन ९ गते संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गर्न लागिएको हो । 

कार्यक्रममा ७ वटै प्रदेशको भाषिक अवस्थालाई समेटेर विज्ञहरुको कार्यपत्र समेत प्रस्तुत गरिने तय भएको छ । त्यस्तै खुला छलफल र टिप्पणीबाट उठेका समस्यालाई समाधानको पहल गरिने पनि आयोगले जनाएको छ ।

राष्ट्रिय जगणना २०७८ अनुसार मुलुकमा एक सय २४ भाषा छन् ।  नेपालको संविधान २०७२ ले नेपालमा बोलिने सबै भाषा ‘राष्ट्रभाषा’को सङ्ज्ञा दिएको छ ।भाषा आयोग, त्रिवि भाषा विज्ञान केन्द्रीय विभाग, प्रज्ञा प्रतिष्ठानले अल्पसङ्ख्यकले बोल्ने भाषालाई लोप हुनुभन्दा पहिले त्यसको अभिलेखीकरणमा ध्यान दिनु आवश्यक रहेको विज्ञहरुले बताएका छन्  । नेपालमा सन् २०१० देखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

कार्यपत्र प्रस्तुति र प्रस्तुतकर्ता

 तारामणि राई: कोशी प्रदेशको भाषिक स्थिति

सत्येन्द्र प्रसाद यादव: मधेश प्रदेशको भाषिक स्थिति

उमेश स्थापित : बागमती प्रदेशको भाषिक स्थिति

 लोक बहादुर थापा: गण्डकी प्रदेशको भाषिक स्थिति

 विक्रममणि त्रिपाठीः लुम्बिनी प्रदेशको भाषिक स्थिति

डा. बद्रि विनाडीः सुदूरपश्चिम प्रदेशको भाषिक स्थिति

अमृत योञ्जन तामाङ्ङ्ग, लोपोन्मुख भाषाको स्थिति र भावी दिशा

टिप्पणीः मल्लके सुन्दर

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै