६.१ म्याग्निच्युडको भूकम्प

Nagarik Sewa 4431+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। शुक्रबार बिहान काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ। राष्ट्रिय मापन केन्द्रले बिहान २ः५१ मा ६.१  म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास क्षेत्र भएको बताइएको छ। भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।

यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि चार म्याग्निच्युडभन्दा माथिका एक दर्जन हाराहारीमा भूकम्प गइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार