मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आजदेखि बीपी राजमार्ग २४ घण्टै सञ्चालन हुने

Nagarik Sewa 5112+ समाचार ( )
१ अशोज २०८२, बुधवार

काठमाडौं। बाढीले क्षतिग्रस्त बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड राति सवारी सञ्चालनमा लगाइएको रोक हटाउदै आजदेखि २४ घण्टा सञ्चालन हुने भएको छ। जिल्ला सुरक्षा समितिले आसन्न दसैँ–तिहारलगायतका चाडपर्वमा यात्रुको सहजताका लागि अब सो खण्डमा २४ सै  घण्टा गाडी चल्नेछ। 

यसअघि सामान्य वर्षात्‌मै पहिरोका कारण सडक अवरुद्ध हुने भएकाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले भदौ मसान्तसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा निषेध गरिएको थियो । तर, सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सडक सुरक्षा सजगता अपनाई स्वीकृत सुरक्षा कार्ययोजना बमोजिम २४ सै घण्टा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको सूचनामा भनिएको छ, ‘आसन्न चाडपर्वमा यात्रुको सहज यात्राका लागि सडक २४ घण्टा सञ्चालन गरिने भएको हुँदा सम्बन्धित सबैले सडक सुरक्षा मापदण्ड पालना गर्नुपर्नेछ ।’ जिल्ला प्रशासनले यात्रुलाई सम्भावित जोखिमका अवस्थाबारे सचेत रहन आग्रह गर्दै सडक सुरक्षाका लागि अनुगमन कडाइ गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार