काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।आज सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो । ६ दिनमै सुनको मूल्य ४ हजार ६ सय घटेको छ । साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ भने ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २२९५ रुपैयाँ रहेको चाँदी आज २३ सय रुपैयाँ पुगेको छ ।