काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आज मङ्गलवार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
पत्रकार सम्मेलन तह स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रमबारे केन्द्रित रहने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
‘आज वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ,’उनले भने,‘आकस्मिक रूपमा आयोजना गरिएको यो बैठक विशेष तह स्थानीय तहको उपनिर्वाचन र वर्तमान राजनीतिक घटनाक्रममा केन्द्रित रहनेछ ।’