क्याटलान डर्बीमा स्पानयोल ३/१ ले पराजित

Nagarik Sewa 4298+ समाचार ( )
१९ कार्तिक २०८१, सोमबार

काठमाडौं । डानी ओल्मोको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित गरेको छ ।

हान्सी फ्लिकको बार्सिलोनाले यस सिजन गज्जबको प्रदर्शनलाई कायम राख्दै दोस्रो स्थानको रियल मड्रिडमाथि ९ अंकको अग्रतासमेत बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा ओल्मोले १२औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रत दिलाएका थिए । २३ मिनेटमा कप्तान राफिन्हाले कासाडोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३१औं मिनेटमा ओल्मोले बाल्डेको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

स्पानयोलको दुई गोल भिएआरले मान्यता दिएन । २७औं मिनेटमा जोफ्रे कारेरास र ५८औं मिनेटमा अल्भारो टेरेजोको गोल भिएआरले मान्यता दिएन ।

६३औं मिनेटमा जाभी पाउडोले स्पानयोलका लागि एक गोल फर्काएका थिए । जितपछि बार्सिलोनाले १२ खेलबाट ३३ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । एक खेल कम खेलेको रियलको २४ अंक छ ।

लस पलमसलाई २-० ले हराएको एट्लेटिको मड्रिड १२ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार