गोरखा। भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुग्नुभएको छ।
शुक्रबार अध्यक्ष प्रचण्डसँगै पूर्वउपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु नेताहरु बारपाक पुग्नुभएको हो। कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सहभागी हुनुहुन्छ। २०७२ साल वैशाख १२ गते भूकम्प गएको समय ११ः५६ मा मौनधारण गरेर कार्यक्रम सुरु भएको छ ।