काठमाडौं। विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी मंगलबार बिहान विशेष अदालतमा उपस्थित भएकी छन्। अदालतमा उपस्थित भएसँगै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान हुँदै छ। बयानपछि थुनछेक बहस सुरु हुनेछ।
तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन्। तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।