केपी ओली अस्वस्थः सबै भेटघाट बन्द

Nagarik Sewa 4562+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। हिजो सोमबार देखि सामान्य ज्वरो आएर घरमै आराम गरिरहेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए। 

‘हिजोदेखि ज्वरो आएको हो,’ सचिवालयका ती सदस्यले भने, ‘अहिले सामान्य नै छ। आराम गरिरहनुभएको छ।’ बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ। ‘आजका सबै भेटघाट बन्द गरिएको छ,’ सचिवालयका ती सदस्यले भने। 

ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार