मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन सक्दैनः अध्यक्ष दाहाल

Nagarik Sewa 4136+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

कैलाली। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् । 

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ९ झुँगामा मंगलबार आयोजित खबरदारीसभामा उनले जनताको ठूलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताए । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुननदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकतानुसार संशोधन पनि गर्नुपर्ने बताए । 

देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह समेत गरे । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै