मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश

Nagarik Sewa 4382+ समाचार ( )
१७ फाल्गुन २०८२, आइतबार

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत र कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रकला विक नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका छन् ।  निर्वाचन नजिकिँदै गर्दा जिल्ला तहकै कार्यवाहक सभापतिले पार्टी छाडेपछि सुर्खेतमा रास्वपालाई  धक्का लागेको छ ।कांग्रेस प्रवेश गर्दै विकले रास्वपा भ्रष्टाचार अन्त्य र सुशासनको एजेन्डासहित स्थापना भए पनि पछिल्लो समय पार्टीभित्र अपारदर्शिता बढ्दै गएको आरोप लगाइन् ।

उनले भनिन्, “आगामी निर्वाचनका लागि अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजार रुपैयाँको लेखाजोखा न प्रदेश समितिले दिन सकेको छ, न त जिल्लाले नै । यस विषय अझै स्पष्ट हुन सकेको छैन ।” बस्नेत र विकले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डा अघि बढाउन रास्वपा असंक्षम देखिएकाले समयमै सचेत हुन आवश्यक रहेको बताए ।

कांग्रसका उपसभापति शर्माले लोकतन्त्र सुदृढीकरण, सुशासन र जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार