आज उच्च अदालत पाटनमा दुर्गा प्रसाईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

Nagarik Sewa 4298+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा बुधबार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ। मुद्दा न्यायाधीशद्वय लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको इजलासमा सुनुवाइ हुन लागेको हो । 

यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। नेपाल राष्ट्र बैंकले गत माघ २३ गते दुर्गा प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो । सीआईबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले दुर्गा प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो ।

त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको ९राउन्ड ट्रिपिङ०, स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबारलगायतका शंकास्पद कारोबार गरेको आरोप थियो ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै