मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

मतगणना स्थलमा ताला लगाएको भन्दै रमेश बिष्टको आपत्ति
मतगणना स्थलमा ताला लगाएको भन्दै रमेश बिष्टको आपत्ति

Nagarik Sewa 4866+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । सिनामंगलस्थित नेपाल पत्रकार महासंघको मतगणना स्थलमा ताला लगाइएको भनेर अध्यक्षका प्रत्यासी रमेश बिष्टले आपत्ति जनाएका छन् ।

‘निर्वाचन समितिको निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ’, बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘… मत गणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छु’, बिष्ट अगाडि लेख्छन्, ‘कोषाध्यक्ष पदको परिणाममा गर्न खोजिएको धाँधली र प्रहरी प्रशासनको दुरुपयोगको आपत्तिजनका छ ।’

पत्रकार महासंघको अध्यक्षका प्रत्यासी बिष्टले अछामको पुनः मत गणना गर्न पनि माग गरेका छन् ।

केन्द्रीय प्रतिनिधिको मत गणना सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार केन्द्रीय पदाधिकारीको मत गणना सकिए पनि केही जिल्लाको मत गणना जारी छ ।

अब जिल्ला र प्रदेशले पठाएको विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी छ ।

हालसम्मको अनौपचारिक रुपमा संकलन गरिएको मत अनुसार पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजार बढी मतान्तरले विजयी हुने निश्चित भएको छ ।
शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

महासंघको अध्यक्षमा शर्मा र रमेश विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले प्रतिस्पर्धा गरेका थिए ।

केन्द्रीय पदाधिकारीमा पनि शर्मा नेतृत्वको प्यानलका अधिकांश उम्मेदवार चुनाव जित्दैछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार